राजनीति

एमाले ११औं महाधिवेशनः ओली प्यानलबाट १९ पदाधिकारीमा को-को?

नेकपा (एमाले)को ११औं महाधिवेशनको बन्दसत्रमा अहिले उम्मेदवार मनोनयनको क्रम चलिरहेको छ। भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका अर्का आकांक्षी ईश्वर पोखरेल मनोनयन दर्ताका लागि लाइनमा छन्। ईश्वरभन्दा ओलीले अघि नाम दर्ता गराएका हुन्।   

ओलीले आफ्ना विश्वासिला नेताहरुलाई नै अघि सारेर आफ्नो प्यानल बनाएका छन् । उनको प्यानलबाट महाासचिवमा शंकर पोखरेल दोहोरिएका छन् । उपाध्यक्षमा गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले इन्ट्री पाउँदा रामबहादुर थापा र विष्णु पौडेलले निरन्तरता पाएका छन्।  

उपमहासचिवमा विष्णु रिमाल कायम छन् भने रघुवीर महासेठ र भानुभक्त ढकाल अटाएका छन् । सचिवमा महेश बस्नेत, शेरधन राई, हिक्मतकुमार कार्की र डा.राजन भट्टराई अटाएका छन् । यस्तै  लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, खगराज अधिकारी र यामलाल कँडेलले पनि ओली प्यानलबाट आफ्नो नाम दर्ता गराएका छन् ।

प्रकाशित: २९ मंसिर २०८२ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App