राजनीति

उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रम सुरु, मन्त्री घिसिङद्वारा उद्घाटन

ऊर्जा मन्त्री कुलमान घिसिङ संलग्न उज्यालो नेपाल पार्टी घोषणा समारोह सुरु भएको छ। अहिले दिउँसो २ बजे  काठमाडौंको प्रज्ञा भवन, कमलादीमा पार्टीको घोषणा समारोह सुरु भएको हो। 

नागरिक सरकारका मन्त्री समेत रहेका घिसिङ पार्टी घोषणा कार्यक्रममा सहभागी बनेका छन्। घिसिङले नै बिजुलीको चिम बालेर पार्टी घोषणा समारोहको उद्घाटन पनि गरे। 

यसअघि नेपाल सरकारका पूर्व सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। अहिले घोषणा सभामा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गरिँदै छ। 

प्रकाशित: १७ मंसिर २०८२ १४:०८ बुधबार