राजनीति

दुई तिहाइको सरकार कामचलाउ मात्रै भयो : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार दुई तिहाइ बहुमत प्राप्त भए पनि प्रभावकारी काम गर्न नसकेको  बताएका छन्। 

शनिबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा कोइरालाले सरकारले हालसम्म कुनै ठोस तथा जनपक्षीय काम गर्न नसकेको बताए। उनले बहुमत हुँदाहुँदै पनि सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। 

‘यो मलाई लाग्छ, साधारण सरकार हो। उनीहरूको बहुमत त छ, तर कुनै ठोस, कुनै राम्रो काम गरेको मलाई लाग्दैन,’ उनले भने । 

सरकारले नयाँ नीति तथा कार्यक्रमसमेत ल्याउन नसकेको भन्दै डा कोइरालाले वर्तमान सरकारलाई कामचलाउ सरकारको संज्ञा दिए। ‘ नयाँ कुनै नीतिहरू त ल्याएको छैन, उनीहरूले। खाली यो कामचलाउ सरकार भनौँ न,’ उनले भने। 

साथै डा कोइरालाले सरकारको आयु छोटिन सक्ने सम्भावना रहेको बताए। 

प्रकाशित: ३० श्रावण २०८३ १७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App