स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।
आयोगले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेसँगै नेताहरू त्यहाँ पुगेका हुन्।
छलफलमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल पुगिसकेका छन्।
आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग गर्ने भन्ने बारेमा धारणा बुझ्न शीर्ष नेतासँग छलफल गर्न लागेको हो।
प्रकाशित: ४ मंसिर २०८३ १२:२६ शुक्रबार



