राजनीति

राष्ट्रिय झण्डा फाल्ने घृणित काम हो, कारबाही होस्: रास्वपा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले राष्ट्रिय झण्डा भूइँमा फाल्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।  

उनले सामाजिक सञ्जालमा राष्ट्रिय झण्डाको अपमान गर्नु घृणित काम भएको भन्दै यस्ता क्रियाकलापको विरोध गर्नुपर्ने उल्लेख गरेका छन् ।  

लोकतन्त्रमा विरोध र बहस गर्न पाइने भए पनि राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने उनले बताएका छन् । उनले झण्डा भूइँमा फाल्ने व्यक्ति नेपाली कांग्रेसको निर्वाचित प्रतिनिधि पनि भएको बताए ।  

यो पनि पढ्नुहोस्

सांसद सिंहले फाले मधेस प्रदेश प्रमुख कार्यालयको राष्ट्रिय झण्डा

झाले भनेका छन्, ‘लोकतन्त्रमा विरोध र बहस गर्न पाइन्छ । तर राष्ट्रिय झण्डालाई यसरी भूइँमा फाल्न पाइँदैन। यो अपराध गर्ने मान्छे नेपाली कांग्रेस सर्लाहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। जो दुई पटक मन्त्री पनि भइसक्नु भयो। यो घृणित कार्यको हामी खुलेर नै विरोध गर्दछौ।’

प्रकाशित: २४ कार्तिक २०८२ १४:१९ सोमबार