नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा प्रतिगमनविरुद्ध सहकार्य गर्ने गरी दुई बुँदे सहमति भएको छ।
साउन २७ गते बुधबार तीन दलका शीर्ष नेताहरूबीच छलफल भई उक्त सहमति भएको हो।
सहमति पत्र अनुसार तीनै दलले लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यहरूमा आपसमा सहकार्य गर्नेछन्।
यसका साथै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा उभिनुका साथै प्रतिगमनका विरुद्धको आन्दोलनमा समेत सहकार्य गर्ने निर्णय सहमति पत्रमा उल्लेख छ।
उक्त सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।
प्रकाशित: २७ श्रावण २०८३ १५:२४ बुधबार



