राजनीति

पार्टीभित्र समन्वय र सहकार्यको आवश्यकता छ: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन् । 

नेपालगन्जमा आइतबारबाट सुरू भएको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले भने, ‘समन्वय र सहकार्य हुन नसके गन्तव्यमा पुग्न सकिँदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।’ यसका लागि कांग्रेसले देशभर प्रशिक्षणलाई जोड दिनुपर्ने उनले बताए ।  

कांग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षणको आवश्यक रहेको गुरुङको भनाई छ । पार्टीले प्रदान गर्ने प्रशिक्षणले एक आपसको सहकार्यलाई बलियो बनाएर लैजाने पूर्वमन्त्री समेत रहेका उपसभापति गुरुङले विश्वास गरे । ‘एक आपसमा सहकार्य नहुँदा कहिले काहीँ निर्वाचनमा तितो अनुभव बटुल्नु परेको छ, प्रशिक्षणले एक आपसमा सहमति र सहकार्यलाई बलियो बनाएर लैजान्छ,’ उनले थपे ।

कांग्रेसको इतिहास नयाँ पुस्तालाई बुझाउनका लागि भएपनि प्रशिक्षण आवश्यक रहेकोमा गुरुङले जोड दिए । कांग्रेसको सिद्धान्त बुझाएर एक आपसमा हार्दिकता सिर्जना गर्न पनि प्रशिक्षण आवश्यक रहेको उनले बताए । 

प्रकाशित: १५ भाद्र २०८२ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App