राजनीति

देश बनाउने भिजन ‘हर्कवाद’ मात्र हो, यसको विकल्प छैन : अध्यक्ष राई

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देश बनाउने भिजन ‘हर्कवाद’ मात्र भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले कुर्सीमा को छ भन्दा पनि भिजन के छ भन्ने कुरा मुख्य भएको बताएका हुन्। 

उनले देश बनाउने भिजन ‘हर्कवाद’ मात्र भएको दाबी गर्दै भनेका छन्, ‘यो सुन्दा असहज लाग्न सक्छ तर बिस्तारै थाहा हुन्छ किनकि देयर इज नो अल्टरनेटिभ (यसको अर्को विकल्प छैन)।’

उनले सरकार आफूले देखाएको बाटोमा हिँड्नुपर्ने जिकिर समेत गरेका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका राईले विद्यार्थीलाई अनिवार्य सैन्य सेवाको अनुभव गराउनुपर्ने आफ्नो पार्टीको घोषणापत्र रहेको स्मरण गराउँदै सरकारले सोही सेरोफेरोमा विधेयक ल्याउन लागेको दाबी गर्दै धन्यवाद दिएका छन्।

प्रकाशित: २१ असार २०८३ १४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App