राजनीति

साचो सुकुम्बासीको पीडा जमिनको अभाव मात्र होइन, पहिचानको अभाव पनि हो : बडाल

क्याप्शन

युवा नेता समिक बडालले साचो सुकुम्बासीको पीडा जमिनको अभाव मात्र नभइ पहिचानको अभाव पनि भएको बताएका छन्।

उनले राज्यले स्टन्ट गरेर दानवीय व्यवहार प्रदर्शन गर्ने नभइ अब छुट्याउनुपर्ने जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'साचो सुकुम्बासीको पीडा जमिनको अभाव मात्र होइन,पहिचानको अभाव पनि हो।'

कतै एक मुट्ठी माटो नभएर आकाशलाई छानो बनाएको छ भने उनीहरूको पहिचान हुनुपर्ने उनको भनाइ छ। 'जसको नाममा कतै एक मुट्ठी माटो छैन, उसले आकाशलाई छानो बनाएको छ…तर जसको नाममा जमिन भएर पनि सुकुम्बासीको आवरण ओढेर सार्वजनिक सम्पत्ति अतिक्रमण गरिन्छ, त्यो अन्यायले साँचो पीडितको आवाज झनै दबाइरहेको छ,' उनले सामाजिक सञ्जालमा लेखे।

कसको आवश्यकता र लालच साँचोलाई न्याय, झुटोलाई कारबाहीबाट नै सुशासन र मानवीयता दुवै जोगिने उनले बताए। उनले भने, 'राज्यले स्टन्ट गरेर दानवीय व्यवहार प्रदर्शन गर्ने होइन अब छुट्याउनुपर्छ, कसको आवश्यकता हो र कसको लालच। साँचोलाई न्याय, झुटोलाई कारबाही, यही बाटोबाट मात्रै सुशासन र मानवीयता दुवै जोगिन्छ।'

प्रकाशित: ११ वैशाख २०८३ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App