प्रधानमन्त्री सुशीला कार्की आज छठ पर्वको अवसरमा कमलपोखरीमा आयोजित विशेष पूजामा सहभागी भएकी छन्। उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरिन्।
कमलपोखरीमा आयोजित छठ पूजा समारोहमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरिन्।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। वर्तालुहरुले आज रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुनेछ।
उदाउँदो र अस्ताउँदो सूर्यको पूजा गरी मनाइने छठ पर्वलाई निष्ठा, पवित्रता र सद्भावको प्रतीकका रूपमा लिइन्।
काठमाडौंका कमलपोखरी, गुह्येश्वरी, थापाथली, बागमती, विष्णुमती किनार लगायतका स्थानमा छठको विशेष रौनक देखिएको छ।
हेराैं केही तस्बिहरु:
सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
प्रकाशित: १० कार्तिक २०८२ १७:३४ सोमबार