राजनीति

पार्टी फुट्दैन, फुट्न दिन्न : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी फुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार विराटनगरमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता डा शेखर कोइरालाले पार्टी फुट्न नदिने प्रतिबद्धता व्यक्त गरे।

डा कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले अहिले कांग्रेस र लोकतन्त्र दुबै कमजोर बनाउने प्रयास भइरहेको बताए। उनले कांग्रेसको जन्म निरंकुशताको अन्त र लोकतन्त्रको स्थापनाका लागि भएको बताए। तर, कांग्रेस भित्रै पनि लोकतन्त्र अन्त्य हुँदै निरंकुशताको सुरुवाद हुन थालेको कोइरालाको भनाई छ।

उनले भने,‘कांग्रेसको जन्म  निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएको हो। तर, विडम्बना अहिले कांग्रेस भित्रै पनि लोकतन्त्रको अन्त्य हुँदै निरंकुशतातर्फ अघि बढेको छ।’

डा कोइरालाले क्रियाशील नवीकरणको विषयलाई लिएर पार्टीका वडा सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई हटाउन थालिनु निरंकुशताको सुरुवाद भएको दाबी गरे। उनले भने, ‘क्रियाशील नवीकरणको विषयलाई लिएर पार्टीका वडा सभापतिहरू, क्षेत्रीय सभापतिहरू हटाउन थाल्नु कांग्रेस भित्रै निरंकुशताको सुरुवाद भएको हो।’

कोइरालाले यति वेला विश्व राजनीतिमा लोकप्रियतावाद हाबी हुँदै गएको अवस्थामा कांग्रेसमा पनि लोकप्रियतावाद हाबी हुँदै गएको बताए। उनले आफूलाई ढुलमुले नीति भएको नेताका रूपमा सामाजिक सञ्जालमा आलोचना गर्ने गरिए पनि आफ्नो नीति  ढुलमुले नभएको स्पष्ट पारे।

उनले कांग्रेसका सभापति गगन थापाले विराटनगर स्थित कोइराला निवासमा आएर वडा सभापतिहरूलाई कारबाही गर्छु भनेपछि आफू बाध्य भएर सहमतिका बुँदाहरू लेख्न बाध्य भएको बताए।

कोइरालाले कांग्रेस सभापति थापालाई सहमतिका ५ बुँदा पठाएको र सभापतिले सकारात्मक प्रतिक्रिया दिए पनि अझैसम्म सहमतिका लागि संवाद अघि नबढेको बताए। कोइरालाले भने‘ मैले सहमतिका  लागि पाँच वटा बुँदा पढाएँ, सभापतिज्यूले सकारात्मक प्रतिक्रिया दिनुभयो, तर, एक महिना बितिसक्दा पनि काम अघि बढेन उहाँलाई सहमति गर्न के ले रोक्यो ?’ 

नेता कोइरालाले सहमति, सहकार्य र एकताकै बाटोबाट पार्टी भित्रका सबै विवाद मिलाउनुपर्ने धारणा राखे।

प्रकाशित: ३१ जेष्ठ २०८३ १७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App