राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याउने पार्टी बनाएर संसदमा जाने दाबी गरेका छन्।
जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो निर्वाचनमा आफू सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको उल्लेख गर्दै त्यसपछि आफूलाई छलछाम गरेर हटाइएको आरोप लगाए।
उनले अब पार्टीलाई थप सशक्त बनाउँदै जनताबाट अभूतपूर्व समर्थन प्राप्त गर्ने र संसदमा बलियो उपस्थितिसहित प्रवेश गर्ने संकल्प व्यक्त गरे।
उनले आफूले सर्वाधिक मत ल्याएको इतिहासलाई अब पार्टीले सर्वाधिक मत ल्याएर थप मजबुद बनाउने दावी पनि गरेका छन् ।
प्रकाशित: ५ माघ २०८२ १७:५६ सोमबार



