राजनीति

भैरहवा जहाज जान सकेन, भरतपुरबाट सडक मार्ग हुँदै गए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन हुँदै बुटवलका लागि हिँडेका छन्। थुनामुक्तको प्रक्रिया पूरा गर्न उनी बिहानै काठमाडौंबाट हवाई मार्ग हुँदै भैरहवा विमानस्थल जान हिँडेका थिए। तर, उताको आकाश नखुलेपछि उनी हवाई मार्ग हुँदै भरतपुर पुगेका हुन्।  

अब त्यहाँबाट सडक मार्ग हुँदै उनी रुपेन्देहीका लागि हिँडेका छन्।  बिहीबार उच्च अदालत तुलसीपुर इजलास कार्यालय बुटवलले उनलाई बिगो बराबरको धरौटी स्वीकार गरेर थुनामुक्तको आदेश दिएको थियो।  

प्रकाशित: ४ पुस २०८२ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App