राजनीति

देश बनाउन युवा ऊर्जा र अनुभवी दृष्टि दुवै चाहिन्छ: ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि युवाको ऊर्जा र अनुभवी पुस्ताको दूरदृष्टि दुवै आवश्यक पर्ने बताएका छन्।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आज सम्बोधन गर्दै उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए।

‘आगो र उज्यालो दुवै मिलेर मात्र देशको भविष्य उज्ज्वल हुन्छ, हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने र साथ लिएर अघि बढ्ने हो।’ उनले भने।

अध्यक्ष ओलीले घोषणापत्रमा तत्काल कार्यान्वयन गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको बताए।

निर्वाचनपछि गठन हुने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरी समयसीमा तोकेर ती ११ काम अघि बढाइने उनको भनाइ थियो।

उनले भदौ २४ गतेको महाविनाश अप्रत्याशित घटना नभई नेपालको सार्वभौमसत्ता र अस्तित्वमाथि योजनाबद्ध आक्रमण रहेको बताए।

प्रकाशित: ७ फाल्गुन २०८२ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App