राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले मुलुकमा रहेका सार्वजनिक संस्था र पदहरूको गरिमा र मर्यादालाई जोगाउनुपर्ने बताएका छन्।
नयाँ बनाउने नाममा सार्वजनिक संस्था र पदहरूको गरिमा र मर्यादा नभुल्न भन्दै यस्तो बताएका हुन्। उनले पुरानो ढर्राबाट परिवर्तन सम्भव नभएको बताउँदै रुपान्तरण पनि जरुरी रहेको जिकिर गरे। यसो भनिरहँदा श्रेष्ठले देशले जानेको, मानेको, छानेको केही स्थापित मानकहरूलाई जोगाउन आग्रह गरे।
'ठीकै हो पुरानो ढर्राबाट परिवर्तन सम्भव छैन, रुपान्तरण जरुरी छ। तर नयाँ बनाउने नाममा सार्वजनिक संस्था र पदहरूको गरिमा र मर्यादा नभुलियोस्!' उनले सामाजिक सञ्जालमा लेखे, 'यो देशले जानेको, मानेको, छानेको केही स्थापित मानकहरू छन्, तिनलाई जोगाऊ।'
प्रकाशित: २७ चैत्र २०८२ १५:१३ शुक्रबार



