भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले दाबी गरेको छ । आयोगले आज पत्रकार सम्मेलन गरेर २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी गरेको हो ।
'मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने छौं।', आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।
उनका अनुसार भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको छ। प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने उनले बताए ।
‘पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं,’ उनले भने ।
प्रकाशित: २० फाल्गुन २०८२ १७:५३ बुधबार



