राजनीति

पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाए: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपशर्मा ओलीले  प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बताएका छन्। नाग पञ्चमीको शुभकामना दिँदै ओलीले पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएको र  यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास रहेको सुनाए।  

‘आज नागपञ्चमीः पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ।प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ।’

प्रकाशित: १३ श्रावण २०८२ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App