राजनीति

सुशीला कार्कीलाई प्रधानमन्त्रीसहित १५ मन्त्रालयको जिम्मेवारी

कुलमानले सम्हाले तीन मन्त्रालय, ओ‌मप्रकाशलाई दुई, रामेश्वर अर्थ मन्त्रालयको जिम्मा

नयाँ सरकार गठन र विस्तारसँगै कसले कुन मन्त्रालयको जिम्मेवारी पायो यो चासोको विषय बनेको छ ।  

अहिलेको मन्त्रिमण्डल प्रधानमन्त्रीसहित चार जनाको छ । अर्थात सुशीला कार्की प्रधानमन्त्री रामेश्वर खनाल अर्थमन्त्री छन् । कुलमान घिसिङलाई उर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

त्यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।  

प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेर ६ मन्त्रालयको जिम्मेवारी बाँडेपनि १५ मन्त्रालय आफैँसँग राखेकी छन् ।  

यतिबेला प्रधानमन्त्री सुशीला कार्कीको भागमा उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छि विकास, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छन् ।  

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्री कार्कीकै मातहतमा छ ।

प्रकाशित: ३० भाद्र २०८२ १८:५१ सोमबार