राजनीति

सांसद यादवको अभिव्यक्तिप्रति सभामुखको ध्यानाकर्षण

सभामुख डिपी अर्यालले प्रतिनिधिसभा सदस्य चन्द्रमोहन यादवले संसदमा व्यक्त गरेको भनाइप्रति ध्यानाकर्षण भएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले सांसद यादवको अभिव्यक्ति नियमावली विपरीत रहेको बताए । उनले भने, ‘ सदस्यहरू, आज माननीय सदस्य चन्द्रमोहन यादवले आफ्नो बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। माननीय सदस्यलाई हाम्रो नियमावली २०८३ को नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु।’  

यसअघि संसद बैठकमा बोल्दै सांसद यादवले सभामुखलाई लक्षित गर्दै भनेका थिए, ‘सभामुख महोदय हाम्रो गरिमामय कुर्सीमा बस्नुभन्दा पहिले एउटा राजनीतिक दलसँग सम्बन्धित हुनुहुन्थ्यो। अहिलेसम्म तपाईंले पहिले आबद्ध रहेको रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’  

यादवको उक्त अभिव्यक्तिपछि सांसद गणेश कार्कीले नियमावलीको दफा २१ (ख) अन्तर्गत नियमापत्ति जनाएका थिए। 

प्रकाशित: ३ असार २०८३ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App