अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्। नैतिकताको उच्च कडीमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको बताए।
'दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,' अर्थमन्त्री वाग्लेले भने, 'यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ?
प्रकाशित: २८ जेष्ठ २०८३ ११:१५ बिहीबार



