नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत देउवाले श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले दिवंगत श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निर्वाह गरेको अग्रणी भूमिका सधैं स्मरणीय रहने बताउँदै लोकतन्त्र स्थापनाका लागि श्रेष्ठले पुर्याएको योगदान नेपाली राजनीतिक इतिहासमा महत्वपूर्ण रहेको बताएका छन्।
पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनसँगै नेपाली राजनीतिक क्षेत्रले लोकतान्त्रिक आन्दोलनका एक अनुभवी नेता गुमाएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले पनि श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
प्रकाशित: १२ श्रावण २०८३ १७:१६ मंगलबार



