नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू नै भएको बताएका छन्। शनिवार प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भेटघाटका क्रममा कोइरालाले यस्तो बताएका हुन्।
कोइरालाले आफू लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नभएको पनि बताए। सोही कारण जेनजी आन्दोलनपछिको अवस्था आएको उनको भनाई थियो।
‘कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर मैले माग गरेको थिएँ,’ उनले स्मरण गरे।
अहिले देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै कोइरालाले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको बताए।
प्रकाशित: २७ मंसिर २०८२ १५:२८ शनिबार



