राजनीति

रास्वपा अधिवेशन : कोशीका १४ मध्ये ८ जिल्लाका सभापति निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनअन्तर्गत कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

कोशीका १४ जिल्लामध्ये ८ जिल्लामा अधिवेशन सम्पन्न भएको हो।

सुनसरीको जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्। यस्तै, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा निर्वाचित भएका छन्।

प्रदेशका अन्य जिल्लाहरु धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा भने अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए।

प्रकाशित: २४ जेष्ठ २०८३ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App