राजनीति

रुपन्देही-३ को उपनिर्वाचनमा भाग लिन रास्वपाले दियो निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर-३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।

आगामी कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै रास्वपाले दल दर्ता प्रक्रिया अगाडि बढाएको थियो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि निवेदन पेस गरिएको उल्लेख छ।

‘उपरोक्त सम्बन्धमा आगामी मिति २०८१ साल कार्तिक १७ गते हुन गइरहेको रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भाग लिने निर्णय गरेको व्यहोरा सादर अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आयोगले गत साउन १६ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। सोही सूचनाअनुसार आवश्यक कागजात तथा विवरणसहित पार्टीले निवेदन पेस गरेको जनाएको छ।

प्रकाशित: २७ श्रावण २०८२ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App