राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ। 

पार्टी सभापति रवि लामिछानेले सोमबारका लागि बैठक आह्वान गरेका रास्वपाले जनाएको छ। पार्टी प्रवक्ताले जारी गरेको विज्ञप्तीमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। 

बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा सोमबार दिउँसो ३ बजे बस्नेछ। रास्वपाको पार्टी सचिवालयको बैठक  आज (आइतबार) बस्दैछ। 

प्रकाशित: ६ वैशाख २०८३ १३:१८ आइतबार