राजनीति

बागमतीका मुख्यमन्त्रीको विश्वासको मतमा विपक्षमा उभिन राप्रपाको ह्वीप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशका मुख्यमन्त्रीले आगामी भदौ ८ गते प्रदेशसभामा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ।

राप्रपाले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको हो।

बागमती प्रदेशसभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले ह्विप जारी गरेकी हुन्। तामाङले जारी गरेको ह्विप आइतबार दिउँसो नै प्रदेशसभाका सबै राप्रपा सदस्यलाई पठाइएको जनाइएको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने समय नजिकिँदै गर्दा राप्रपाको यो निर्णयले बागमती प्रदेशसभामा सरकारको पक्षमा आवश्यक बहुमत जुटाउने प्रयासलाई थप चुनौतीपूर्ण बनाउने देखिएको छ।

राप्रपाका प्रदेशसभा सदस्यहरूले पार्टीको निर्देशनअनुसार मतदान गरेमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा उनीहरूको समर्थन रहने छैन। यससँगै भदौ ८ गते हुने विश्वासको मतको मतदानलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

 

प्रकाशित: ७ भाद्र २०८३ २१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App