राजनीति

प्रतिनिधि लाइनमा, ओली र पोखरेल मञ्चमा

तस्बिर: सुभद्रा धिताल/नागरिक<br>

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनै लागेको छ। प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेल भने मञ्चमा छन्।

अध्यक्षका प्रत्यासीद्वय ओली र पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा होमिएका छन्।

मतदान स्थलमा प्रवेश गर्नुअघि दुवै समूहले आफ्ना पक्षका उम्मेदवारहरूको ‘प्यानल लिस्ट’ प्रतिनिधिलाई बाँडेका छन्।

प्रतिनिधिहरू सोही सूची बोकेर लामबद्ध भइरहँदा अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेल भने मञ्चमा सँगै बसेर कुराकानी गरिरहेका छन्।

महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जना नेताहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा प्यानलगत उम्मेदवारी परेको छ।

सबै पदमा गरी ३०० भन्दा बढी उम्मेदवार मैदानमा छन्।

निर्वाचन आयोगका अनुसार मतदानका लागि २ हजार २ सय ६३ प्रतिनिधि सहभागी हुँदैछन्। मतदान प्रक्रियालाई व्यवस्थित बनाउन ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको छ।

प्रकाशित: १ पुस २०८२ २०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App