राजनीति

सुतेको भिडियो सार्वजनिक गर्दै मन्त्री पुनले भने : यो भिडियो पनि धेरैले हेरिदिनुहोला,भात खाने पैसा आउँछ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले शुक्रबारको राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएकोप्रति असन्तुष्टि जनाएका छन्।

उनले असन्तुष्टि व्यक्त गर्दै एक व्यङ्ग्यात्मक भिडियो आफ्नो फेसबुकमा अपलोड गरेका छन्।

उक्त भिडियोमा उनी ओछ्यानमा सुत्न लागेको हो। उनले राष्ट्रिय सभाको उक्त भिडियोले राम्रो पैसा कमाएको बताउँदै भने, ' हिजो राष्ट्रिय सभाको हलमा आँखा झिमिक्क भएको भिडियोको स्क्रीनसटको फोटो हाल्दा १० घण्टामा २४ लाख भिउ भएछ र १३६ डलर कमाइ भएछ। अनि हिजो राति म साँच्चिकै ओछ्यानमा सुतेको भिडियो पनि धेरै भन्दा धेरैले हेरेर कमेन्ट गरिदिनुहोला। भात खाने पैसा आउँछ।'

प्रकाशित: ६ भाद्र २०८३ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App