राजनीति

प्रतिनिधि सभाको आजको बैठकमा रविले सम्बोधन गर्ने

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने बताइएको छ।

संघीय संसद्का दुवै सदनको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App