राजनीति

रविको फेसबुक ‘रिकभर’, भने- पटक-पटक ह्याक गर्ने प्रयास असफल भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो फेसबुक एकाउन्ट पुनः आफ्नो नियन्त्रणमा आएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले ह्याकरको पटक-पटकको प्रयासलाई विफल पार्दै एकाउन्ट सुरक्षित गर्न सफल भएको बताएका हुन्।

पछिल्लो समय आफ्नो फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास भएको उनले सुनाए। लामिछानेले लेखेका छन्, ‘पटक-पटक ह्याक गर्ने प्रयास भए तापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु।’

उनले सबैलाई धन्यवाद समेत दिएका छन्।

प्रकाशित: २० फाल्गुन २०८२ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App