राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा राई-लिम्बू समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको भन्दै माफी मागेका छन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले उक्त समुदायलाई समेट्न नसकिएको विषयमा आलोचना आएको स्वीकार गरेका छन्। ‘जति प्रयास गर्दा पनि उक्त समुदायको प्रतिनिधित्व गराउन नसक्दा सभापतिको नाताले म माफी माग्न चाहन्छु,’ उनले भने।
लामिछानेले अन्य समुदाय तथा अल्पसंख्यक समूहको प्रतिनिधित्व भने रहेको उल्लेख गर्दै आगामी दिनमा छुटेका समुदायलाई कसरी समेट्ने भन्नेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्।
हाल रास्वपाले प्रत्यक्षतर्फ १८२ सिट जितेको छ भने समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट ११० जना सांसद चयन भएका छन्।
प्रकाशित: ४ चैत्र २०८२ १४:११ बुधबार



