राजनीति

समानुपातिक सांसदले बिहीबार पाउँदैछन् प्रमाण पत्र

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभाका ११० जना सांसदलाई बिहीबार निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्ने भएको छ।

कान्तिपथस्थित आयोगको प्राङ्गणमा बिहीबार बिहान ११:३० बजे प्रमाण पत्र वितरणको कार्यक्रम तय गरिएको छ।

प्रमाण पत्र वितरणसँगै नयाँ संसदको औपचारिक कार्यभार सुरु गर्ने बाटो खुल्नेछ। प्रतिनिधि सभामा निर्वाचित सम्पूर्ण सांसदहरूको शपथ ग्रहण भने आगामी चैत १२ गते गर्ने तयारी भइरहेको छ।

प्रकाशित: ४ चैत्र २०८२ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App