सुनसरीमा भएको घटनापछि विकसित राष्ट्रिय परिस्थिति र त्यसले उत्पन्न गरेको सुरक्षा तथा सामाजिक संवेदनशीलताबारे प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले बिहीबार नै राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको र केहीबेरमै सम्बोधन सार्वजनिक हुने जनाइएको छ।
सुनसरी घटनापछि देशका विभिन्न राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवालाबीच छलफल तीव्र भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई सरकारको औपचारिक धारणा र आगामी कदम सार्वजनिक गर्ने अवसरका रूपमा हेरिएको छ।
यसअघि गृहमन्त्री सुधन गुरुङलाई पनि प्रधानमन्त्री शाहले परामर्शपछि सुनसरी पठाउने निर्णय गरेका छन्। घटनापछिको सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय र सरकारको रणनीतिबारे प्रधानमन्त्रीले सम्बोधनमार्फत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस्
अब बोल्ने बेला भएन बालेन सरकार!
प्रकाशित: १४ श्रावण २०८३ १७:१८ बिहीबार



