राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन्।
रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन्।
जनकपुरधामका तालतलैया घाटहरु सजावटसहित आकर्षक रहेको, व्रतालुहरु पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।
प्रकाशित: २९ कार्तिक २०८३ १८:४६ आइतबार



