राजनीति

प्रचण्ड भन्छन्: सरकार विपन्न नागरिकविरुद्ध गयो, बाम एकता आवश्यक भयो

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकारका गतिविधि विपन्न नागरिक र राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि वामपन्थी शक्तिबीच कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै दाहालले वर्तमान राजनीतिक परिस्थितिमा साझा मुद्दामा वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको धारणा राखे।

उनले कार्यगत एकतालाई पार्टी एकतासँग जोडेर अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्दै साझा एजेन्डामा सहकार्य हुँदैमा पार्टी एकता भइनहाल्ने स्पष्ट पारे।

दाहालका अनुसार कार्यगत एकता भनेको निश्चित मुद्दा र उद्देश्यका आधारमा गरिने सहकार्य हो, त्यसलाई पार्टी एकतासँग जोडेर गलत प्रचार गर्नु उपयुक्त नहुने बताए।

उनले दीर्घकालीन वामपन्थी एकताका लागि भने विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना, सिद्धान्त तथा साझा समझदारीमा पर्याप्त तयारी आवश्यक पर्ने उल्लेख गर्दै त्यसपछि मात्र पार्टी एकताको आधार तयार हुने बताए।

प्रकाशित: १८ श्रावण २०८३ २१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App