राजनीति

प्रचण्ड भन्छन्: नेताहरू मारिन्छन् भनेको सुन्छु, हामी मृत्युदेखि डराउँदैनौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू मृत्युदेखि नडराउने दाबी गरेका छन्। बुधबार पार्टी एकता सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। 

‘हिजो पनि हामी क्रान्तिको लागि सामन्तवादका विरुद्ध, साम्राज्यवादविरुद्धको लडाइँमा मृत्युवरण गरेरै गएको हो,’ दाहालले भने, ‘मृत्युदेखि तर्साउने कोसिस हामीलाई केही केहीले गर्छन्। मलाई सुनाउने गर्छन्–अब नेताहरू मारिन्छन्।’ 

तर आफू मृत्युदेखि नडराउने उनले बताए। उनले भने, ‘ती प्रतिक्रियावादीहरूलाई लाग्यो होला मारिन्छन् भनेपछि तर्सिन्छन् भन्ठानेका होलान्। हामी मृत्युलाई जितेर हिजै हिँडिसकेका मान्छेहरूको पार्टी हौँ हामी सबै।’ 

देश र लोकतन्त्र बाँचे आफूहरू नडराउने दाहालले बताए। ‘हामीलाई मृत्युसँग डर छैन, राष्ट्र बच्नप¥यो, लोकतन्त्र बच्नप¥यो,’ दाहालले भने।  

प्रकाशित: १९ कार्तिक २०८२ १७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App