राजनीति

ओली-दाहाल भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दियो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा स‌ंयोजक पुष्पकमल दाहालबिच टिचिङ्ग अस्पतालमा भएको भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको बताएका छन‍्।

बस्नेतले राजनीतिक मतभेदहरू भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ भन्ने कुरालाई यो भेटले पुनः प्रमाणित गरेको बताए। उनले देश र जनताको हितमा यस्ता भेटघाट र समझदारीले स्थिरता, सहकार्य र एकताको बाटो खोलोस् भन्ने कामना समेत गरेका छन्।

'पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालबिच टिचिङ्ग अस्पतालमा भएको भेटले देशको राजनीतिमा सकारात्मक सन्देश दिएको छ। राजनीतिक मतभेदहरू भए पनि राष्ट्रिय हित र सहकार्यका लागि संवाद आवश्यक हुन्छ भन्ने कुरालाई यो भेटले पुनः प्रमाणित गरेको छ,' उनले सामाजिक सञ्जालमा लेखे,'देश र जनताको हितमा यस्ता भेटघाट र समझदारीले स्थिरता, सहकार्य र एकताको बाटो खोलोस्।'

प्रकाशित: ५ वैशाख २०८३ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App