प्रधानमन्त्री बालेन्द्र शाहले भर्खरैको बाढीपहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो सङ्कट स्थानीय कारणले नभइ विश्वव्यापी जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताए।
विपद्पछिको चुनौतीपूर्ण अवस्था पार पाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल समेत गरेका छन्। उनले आफू यस सभामा कुनै गुनासो गर्न नआउको बताए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले जलवायु सङ्कटका विषयमा कसैलाई दोषारोपण गर्ने वा यसलाई भूराजनीतिक स्वार्थको मुद्दा बनाउने नेपालको कुनै चाहना नरहेको स्पष्ट पारे।
शाहले हिमाल र पर्यावरणको दिगो संरक्षणका लागि विश्व समुदायलाई एकजुट भएर सहकार्य गर्न आग्रह गरे।
प्रकाशित: ९ आश्विन २०८३ ०६:२६ शुक्रबार