राजनीति

रास्वपामा जिम्मेवारी हेरफेर: भुवन र आनन्द केन्द्रीय निर्वाचन आयोगमा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय तहमा जिम्मेवारी हेरफेर गर्दै दुई नेतालाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएका अनुसार नवप्रवर्तन विभागका प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रलाई आयोगमा नयाँ जिम्मेवारी दिइएको हो।

यसअघि केसीले पार्टीको नवप्रवर्तन विभागको नेतृत्व सम्हाल्दै आएका थिए भने मिश्र प्रचारप्रसार विभागमा सदस्यका रूपमा क्रियाशील थिए।

प्रकाशित: २२ वैशाख २०८३ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App