राजनीति

सभामुख अर्याललाई सांसद पुनको सुझाव: दिमाग लगाएर काम गर्नुहोस्

सांसद महाविर पुनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई आफ्नो दिमाग लगाएर काम गर्न सुझाएका छन् ।  

प्रतिनिधि सभाको आइतबारको बैठकपछि बाहिरिने क्रममा पुनले संसद् सञ्चालन प्रभावकारी बनाउन आफ्नै सोच र निर्णय क्षमतामा जोड दिनुपर्ने बताए ।  

उनले भने, ‘मैले सभामुखलाई सुझाव दिने होइन । सभामुख जस्तो मान्छेले आफैँले सोचेर संसद्मा राम्रो काम गर्ने हो । अर्काको कुरा सुन्ने होइन् । आफ्नो दिमाग लगाएर काम गर्नुपर्छ ।’

प्रतिनिधि सभाको आइतबारको बैठकले रास्वपाका सांसद अर्याललाई सभामुख चयन गरेको छ । 

प्रकाशित: २२ चैत्र २०८२ १६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App