सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने प्रस्ताव गरेपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिँदै भने, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन, सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्! जसको मनमा हरि नै छैन उसको नाम चॅाहि हरि? गोबर नाम राखे हुन्न?’
ढकालले आज एक कार्यक्रममा भाषण गर्दै नेपालमा सिंह नभएकाले सिंहदरबारको नाम उपयुक्त नभएको टिप्पणी गरेका थिए।
यो पनि पढ्नुहोस्
नेपालमा सिंह नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त छैन : हरि ढकाल
प्रकाशित: २४ श्रावण २०८३ १३:२४ आइतबार



