राजनीति

बालेन्द्रलाई मोदीको बधाई : नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकोमा मोदीले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई दिएका हुन्।

उनले बालेन्द्रको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमा देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको बताएका छन्। मोदीले बधाई सन्देशमा लेखेका छन्, ‘दुई देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहयोगलाई अझ उच्च उचाइमा पुर्‍याउन म प्रधानमन्त्री शाहसँग नजिकबाट काम गर्न तत्पर छु।’

भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रहरू पहिल्याउने प्रतिबद्धता समेत मोदीले व्यक्त गरेका छन्।

प्रकाशित: १३ चैत्र २०८२ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App