राजनीति

मुसहर बस्तीमै पुगिन् मन्त्री रावल, लालपुर्जा वितरण तीव्र पार्ने प्रतिबद्धता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

धनुषाधाम नगरपालिका-१ र २ का मुसहर बस्तीमै पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन्।

भेटघाटका क्रममा उनले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराइन्।

यसैगरी, धनुषामा मन्त्री रावलले जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसँगसमेत छलफल गरिन्।

प्रकाशित: ११ मंसिर २०८३ १६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App