राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहप्रति जवाफ फर्काएका छन्।
झाले शाहको स्टाटसमा लेखिएको 'केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’ भन्ने भनाइ उद्धृत गर्दै परिवर्तनका लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको जवाफ फर्काएका हुन्।
हिजो सदनमा भनेको झैँ नियत र आशयमा शङ्का नभए पनि सुधार गर्नै पर्ने केही पक्ष रहेको उनले बताए। साथै, यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहने उनको भनाइ छ।
यस्तै, जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने र सकारको साथमा आफू जहिल्यै रहने प्रतिबद्धता व्यक्त गरे।
'परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,' झाले भनेका छन्, 'जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु। यहाँ कोही एक्लो छैन।'
प्रकाशित: २३ श्रावण २०८३ १२:४० शनिबार