राजनीति

मनिष झा भन्छन् : दृष्टि मात्र पर्याप्त हुन्न, दृष्टिकोण आवश्यक हुन्छ

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले बालेन्द्र शाह सरकारको कार्यशैली, सुशासन र नागरिक अधिकारको सवालमा निरन्तर प्रश्न गर्दै आएका छन्।

आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारका कमजोरीमाथि खरो रूपमा प्रस्तुत हुँदै आएका झाले शनिबार सामाजिक सञ्जालमा कसैको नाम नलिई लेखेका छन्, ‘दृष्टि मात्र पर्याप्त हुन्न, दृष्टिकोण आवश्यक हुन्छ।’

सरकारको विरोधका लागि मात्र विरोध गर्नेभन्दा पनि राज्य सञ्चालनमा रहेका व्यक्तिहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा उनले निरन्तर सचेत गराउँदै आएका छन्। विशेष गरी गृह प्रशासन, नागरिक सुरक्षा र सामाजिक न्यायका सवालमा उनले आवाज उठाउँदै आएका छन्।

सरकारको नियतभन्दा पनि काम गर्ने ढंग र गतिमा सुधार हुनुपर्नेमा उनको मुख्य जोड रहँदै आएको छ।

प्रकाशित: ३० श्रावण २०८३ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App