राजनीति

‘नेताको टाउको जोडेर मात्र वामपन्थी एकता हुँदैन, नीति र सिद्धान्त मिल्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशलाई संकटबाट पार लगाउन वामपन्थी एकता अनिवार्य रहेको बताएका छन्।

यद्यपि, उनले यस्तो एकता नेताहरूको टाउको जोडेर मात्र नभई नीति, सिद्धान्त र आदर्शका आधारमा हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ नामक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सो धारणा राखेका हुन्।

पछिल्लो समय वामपन्थी आन्दोलन कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसैकारण देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको दाबी गरे।

राष्ट्रिय मुद्दाहरू समाधान गर्न छरिएका वामपन्थी शक्तिहरू एक ठाउँमा आउनैपर्नेमा नेता खनालको जोड छ। वामपन्थी आन्दोलनलाई बलियो बनाउन सही राजनीतिक दिशा आवश्यक रहेको उनले औंल्याए।

हतारमा पद मिलाएर गरिने एकता दिगो नहुने बताउँदै खनालले भने, ‘सबै वामपन्थीहरूको बीचमा एकता अनिवार्य छ। तर, एकता भनेको टाउको जोडेर हुँदैन। नीतिको आधारमा, सिद्धान्तको आधारमा, आदर्शको आधारमा एउटा सही वैचारिक-राजनीतिक दिशाको आधारमा मात्र एकता बनायौँ भने त्यो दिगो हुन्छ।’

प्रकाशित: ४ आश्विन २०८३ २२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App