मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयमा सरकार समर्थित दलका संसदीय दलका नेताहरूले पत्र बुझाउँदै कात्तिक २२ गते विश्वास मत लिने गरी समय तालिका मिलाइदिन अनुरोध गरेका छन् ।
सोनललाई पाँच दलको समर्थन छ । उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित: १९ कार्तिक २०८२ १५:०० बुधबार