राजनीति

एमाले अध्यक्ष ओलीका पिताको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले शोकको यस घडिमा दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पितृवियोगमा परेका ओलीसहित सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन्।

'नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको खबर सुन्दा अत्यन्तै दुःख लाग्यो,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'शोकको यस घडिमा दिवंगत मोहनप्रसाद ओलीज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पितृवियोगमा पर्नुभएका कमरेड के.पी. ओली सहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।'

अध्यक्ष ओलीका बुबा मोहनप्रसादको भक्तपुरस्थितर नेपाल–कोरिया मैत्री अस्पतालमा ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदै छ। 

प्रकाशित: २९ फाल्गुन २०८२ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App