राजनीति

विशेषको फैसलाले आक्रोशित ज्वालाको प्रश्न : रवि लामिछाने १४ महिना जेल बस्नुपर्ने तर विष्णु पौडेल रिहा हुने ?

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि रास्वपा सांसद ज्वाला संग्रौलाले असन्तुष्टि व्यक्त गरेकी छन्।

पार्टी सभापति रवि लामिछाने १४ महिना जेल बस्नुपर्ने तर विष्णु पौडेल रिहा हुने भन्दै प्रश्न गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत ४ करोड बिगो मागदाबी गरिएका रवि लामिछानेले बिगो बराबरकै धरौटी तिरेर पनि १४ महिना जेल बस्नुपर्ने बताउँदै उनले भनिन्, '२० करोड ७७ लाख बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा तानिएका विष्णु पौडेल २२ दिन हिरासत बसेर साधारण तारेखमा रिहा हुने?'

यस्तै, अदालतले कसैलाई बिगो बराबर धरौटी माग्ने तर कसैलाई साधारण तारिखमा छोड्ने भन्दै कानुन सबैलाई एउटै हुनुपर्ने बताइन्।

प्रकाशित: २ श्रावण २०८३ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App