राजनीति

नयाँ सरकार गठन गर्न अझै १० दिन लाग्छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन गर्न अझै १० दिने लाग्ने बताएको छ।

आज रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक तर्फको चयन सकेपछि मात्रै सरकार गठन गरिने बताउँदै यस्तो जानकारी दिएका हुन्।

'संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं। त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,' बैठकका लागि पार्टी कार्यालयमा आएका उनले भने।

समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दैछ।

फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ।

प्रकाशित: १ चैत्र २०८२ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App